महानगरले हटायो अभद्र व्यवहार गर्ने ७ नगर प्रहरीलाई जागिरबाट, ५ जना निलम्बनमा

काठमाडाैं | असार २६, २०८०

महानगरले हटायो अभद्र व्यवहार गर्ने ७ नगर प्रहरीलाई जागिरबाट, ५ जना निलम्बनमा

काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्।

 

महानगरले १२ जना नगर प्रहरीमध्ये ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएर अन्य ५ जना स्थायी नगर प्रहरीलाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

 

उनका अनुसार नगर प्रहरीहरूले ड्युटी आवरमा निर्देशन दिएविपरीत काम गरेको हुँदा कारबाही गरिएको हो। 

 

अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौं, उनले भने, कामबारे ब्रिफिङ गर्दा अभद्र व्यवहार नगर्न समेत भनेका छौं।

यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्